५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेपाल फाइनान्ससहित यी कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता


२३ वैशाख, काठमाडौं । साातको पहिलो कारोबारको दिन आइताबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइताबार नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ काे बिन्दुमा बन्द भएकाे छ ।

आइताबार नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १२ करोड ६४ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टीलरीको ११ करोड ९० लाख ६८ हजार रुपैयाँ, पोखरा फाइनान्सको ११ करोड ७० लाख ७६ हजार रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको ११ करोड ५ लाख रुपैयाँ र शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको ९ करोड ३४ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आईतवार १५:१२