२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

२३ वैशाख, काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश संशोधन गरेकाे छ। लाभांश संशोधन पछि इन्स्योरेन्सले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश गरी कुल २६.१३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

यसअघि भने इन्स्याेरेन्सले २५ प्रतिशत बोनस सेयर र करसहित ९.५० प्रतिशत नगद गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । इन्स्योरेन्सले प्रस्तावित बोनस शेयरलाई यथावत राख्दै नगद लाभांश घटाएको हो। इन्स्योरेन्स नियामक नेपाल बीमा प्राधिकरणले हाललाई कर प्रयोजन बाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि लाभांश संशोधन गरिएकाे इन्स्याेरेन्सले जनाएकाे छ ।

प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित मिति : 11:44