गोंगबुबाट अपहरणमा परेका बालककाे हत्या,शव झोलामा भेटियाे
१३ मंसिर, काठमाडाैं । काठमाडौं गोंगबुकाे एक होटलबाट दुई दिनअघि बेपत्ता भएका बालक मृत भेटिएका छन् । दुई दिनअघि अपहरणमापरी बेपत्ता भएका ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्यागरी भएकाे र उनकाे सव बिहीबार झोलामा पोको पारेको अवस्थामा भेटिएकाे छ ।
बालकको शव म्हेपीमा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। मृत बालक स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयास रहेका छन् ।

होटल परिसरमै खेलिरहेका बालक मंगलबार साँझ अपहरणमा परेकाे थिए । र अाज उनकाे शव म्हेपीमा भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अपहरणपछि हत्या गरेकाे आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार १७:०३












