६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

डा रामशरण महतको टाउकोमा बोतल आक्रमण, आक्रमणकारी पक्राउ (भिडियोसहित)

२ चैत, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतमाथि नुवाकोटमा आफ्नै कार्यकर्ताले बोतल आक्रमण गरेका छन । नुवाकोटको दुप्चेश्वर गाउपालिकामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै गर्दा कांग्रेसकै एक कर्ताले महतको टाउकोमा बोतलले हानेका हुन ।

बिहीबार भएको घटनामा प्रहरीले बोतल प्रहार गरी दुर्ववहार गर्नेलाई तत्कालाई नियन्त्रणमा लिएको थियो । दुप्चेश्वर र तादी गाँउपालिका जोड्ने भुतखोल्चीमा बिहिवार पक्कि पुलको शिलान्यास कार्यक्रममा महतलाई बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरी खड्का हुन ।

शिलान्यास कार्यक्रम समारोह चलिरहेको समयमा करिब पाँच बजेतिर अकस्मात महतलाई पानीले भरिएको बोत्तल प्रहार गरेर गालीगलौज गर्न थालेपछि ३१ वर्षका खड्कालाई लगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख बसन्त कुंवरले बताएका छन ।

खड्कालाई सार्वजनिक अपराध मुद्धामा जिल्ला प्रशासन कार्यालय मार्फत म्याद थपगरी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ । खड्का एभरेष्ट बैंकमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेको र उनी कांग्रेस समर्थक रहेको स्थानीयले बताएका छन ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार २०:१०