४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

आइएमई लाइफ इन्स्योरेन्सको बम्पर लाभांश घोषणा, यस्तो छ बोनस र नगद


२० वैशाख, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश(करसहित) गरी कुल ३४.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार ०९:५२