८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने, बोलायो साधारण सभा


१९ वैशाख, काठमाडाैं । नेपाल इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बाेलाएकाे छ । कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा विशेष साधारण सभा बाेलाएकाे हो। सो सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात हाल कायम १० कित्ता सेयर बराबर नयाँ ४ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले वैशाख २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको विशेष साधारण सभामा सहभागिता हुन सक्नेछन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार १०:४०