८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

नेपाल पुनर्बीमाको ११ लाख कित्ता सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य


१८ वैशाख, काठमाडाैं। नेपाल पुनर्बिमा कम्पनीले आज (वैशाख १८ गते) देखि विशाल ग्रुपको स्वामित्वमा रहेको ११ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा अन्य संघसस्थाले पनि आवेदन दिन सक्नेछन् ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० तोकिएको छ । इच्छुक आवेदकले न्यूनतम मूल्य वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले आगामी वैशाख २६ गतेभित्र एनआईसी एशिया क्यापिटलको थापाथली काठमाडाैंमा रहेको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १०:१५