९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

तपार्इंको सवारी जोर नम्बरको हो ? यदि हो भने अाज घरमै राखेर हिड्नुस

१३ मंसिर, काठमाडाैँ । काठमाडौं उत्यकामा सवारी आवागमनलाई व्यवस्थित बनाउन आज (बिहीबारदेखि आइतबार) सम्म जोर–बिजोर प्रणाली लागू गरिने भएको छ । शुक्रबारदेखि सोमबारसम्म काठमाडौंमा हुन गइरहेको एसिया प्यासिफिक सम्मेलनमा आउने पाहुना तथा विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जानकारी दिएको छ ।

बिहीबार र शनिबारका दिन बिजोर सवारी र शुक्रबार तथा आइतबार जोर नम्बर प्लेट भएका सवारी साधन सञ्चालन गर्न पाइने महाशाखाले सूचना जारी गरेर जानकारी दिएको हो । सवारी साधनको अन्तिम अंकको आधारमा जोर बिजोर प्रणाली लागू गरिएको छ । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली अनिवार्य नगरिने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार १०:०९