२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

पोखरा फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता


१७ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकले बढेकाे छ । सोमबार नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ को विन्दुमा कायम हुन पुगेको छ ।

साेमबार पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ५४ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल फाइनान्सको १४ करोड ७० लाख ४१ हजार रुपैयाँ, जानाकी फाइनान्सको ९ करोड ३२ लाख ९४ हजार रुपैयाँ, गाेर्खाज फाइनान्सको ९ करोड ८ लाख ५ हजार रुपैयाँ र मल्टिप्रपोज फाइनान्सको ७ करोड ५२ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार १५:१५

https://srdb.com.np/