२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

आइएमई लाइफको नाफामा उछाल, खुद बीमाशुल्क आर्जन पनि बढ्यो


१७ वैशाख, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु  आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३३ करोड १५ लाख ६०हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७५.७९प्रतिशतले बढेको हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख १३ हजार खुद नाफा गरेको थियो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब २९ करोड १५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १०.२४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्कआर्जन ७.७९प्रतिशत बढी हो ।

कम्पनीको चुक्तापूँजी ४ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा १५ करोड ९१लाख रुपैयाँ र संचित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ रहेको छ। यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार १४:१६

https://srdb.com.np/