२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

बझाङ (१) मा एमालेका दमनबहादुर भण्डारी विजयी


१७ वैशाख, बझाङ । बझाङ (१) मा एमालेका दमनबहादुर भण्डारी विजयी  भएका छन । वैशाख १५ गते भएको प्रदेशसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भिषेकबहादुर सिंहलाई २६६ मतान्तरले हराउँदै एमालेका जिल्ला अध्यक्ष भण्डारी विजयी भएका हुन । भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरे । त्यस्तै कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।

नेकपा माअ‍ोवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो भएका छन उनले ३ हजार ९६७ मत प्राप्त गरे भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह २ हजार ५१३ मतसहित चाैँथो भएका छन । योसँगै सुदुरपश्चिमपको प्रदेशसभामा एमालेले एक सिट थपेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार १३:४६

https://srdb.com.np/