प्रि ओपन सेसनमा १० अंकले बढ्यो नेप्से
१७ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंकले बढेको छ। अघिल्लो कारोबारकाे दिन आइतबार १४.३३ अंकले बढेर १९८०.२७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०.०४ अंकले बढेर १९९०.३१ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ४७ स्टकको १० लाख ९१ हजार ३०२ रुपैयाँबराबरको २ हजार २०२ कित्ता सेयर कारोबार भएको छ।
प्रकाशित मिति : April 29, 2024 at 11:12 am









