२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

सर्वसाधारणलाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य


१७ वैशाख, काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले केही सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले ५ लाख ९० हजार १८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता  १७० रुपैयाँ कायम गरिएको छ । सो सेयरमा कम्पनीका संस्थापक वा अन्य जो कोहि व्यक्ति वा कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालयमा आगामी जेठ ३ गतेभित्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार ०९:५२

https://srdb.com.np/