२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख १५ हजार कित्ता सेयर बिक्रीमा


१७ वैशाख, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको साविकको गुराँस लाइफ इन्स्योरेन्सको १ लाख १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयअवधिभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार ०९:३४

https://srdb.com.np/