८ असार २०८३, सोमबार | Mon Jun 22 2026

लाभांश र हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न सन नेपाल लाइफले बोलायो साधारण सभा

१७ वैशाख, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र लाभांश वितरणपश्चात कायम चुक्ता पूँजीबाट हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न जेठ ९ गते अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो।

सो सभा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले वैशाख २७ गते बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै इन्स्योरेन्सको साधारण सभामा सहभागिता हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : April 29, 2024 at 9:24 am