३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा


१६ वैशाख, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले संस्थापक सेयरधनी विराटकुमार श्रेष्ठका नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको दुई हजार ७४५ कित्ता सेयर गरी कुल ३० हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि हाल संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापकले आजका मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

साथै, उक्त अवधिभित्र सो सेयर खरिदका लागि संस्थापकहरूबाट कुनै पनि खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार १०:०३

https://srdb.com.np/