३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ८५ रुपैयाँसम्म पाउने


१६ वैशाख, काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनी आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस प्रदान गर्ने निर्णय गरेको छ।

कम्पनीले सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधिमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म प्रति हजारका दरले बोनस पाउने भएका छन् । यस बीमालेख अन्तर्गत सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु, केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवद उदय एकल जस्ता बीमा योजना रहेका छन् ।

त्यसैगरी, कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ६५ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दिने भएको छ । सोही बीमालेखको जीवन समुन्नत बीमा योजनामा कम्पनीले बीमितलाई न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस कायम गरेकाे छ ।

सावधिक जीवन बीमालेखको सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १ र विकल्प २) बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस पाउने छन् । त्यस्तै, यही बीमालेखको सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १) एकल बीमाशुल्क योजनामा बीमितले न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउनेछन् ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेखको जीवन साहारा र अनमोल जीवन बीमा योजनामा बीमितलाई न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउने छन् । अग्रिम भुक्तानी सावधिक बीमालेखको जीवन सम्वृद्धि योजनाको सबै बीमा अवधिमा बीमितलाइ ५० रुपैयाँ बोनस दिइने भएकाे छ ।

अग्रिम भुक्तानी सावधिक बीमालेखको सबै बीमा अवधिमा कम्पनीले बीमितलाई समान ५० रुपैयाँ बोनस दिने भएको छ । यस बीमालेखमा धन वर्षा–१५ वर्ष, धन वर्षा–२० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती छोराछोरी र सदावहार जीवन बीमा योजना रहेका छन् ।

त्यस्तै, बीमितले कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमालेको नौलो जीवन सम्वृद्धि बीमा योजनाको सबै बीमा अवधिमा ५१ रुपैयाँ बोनस पाउनेछन् । साथै,  अन्य बीमालेखको जीवन सारथी योजनामा बीमितलाई कम्पनीले बीमा अवधि अनुसार न्यूनतम ६२ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ । कम्पनीले आगामी बीमांकिय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनस दर उपरोक्त बोनस दर बमोजिम कायम गरिएको जनाएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार ०९:२२

https://srdb.com.np/