२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

जीवन बीमा कम्पनीहरुले संकलन गरे १ खर्ब १० अर्ब बीमा शुल्क


१४ वैशाख, काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  १ खर्ब भन्दा बढी बीमा शुल्क संकलन गरेका छन् ।नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले चैत मसान्तसम्म १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

चैत मसान्तसम्मको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २९ अर्ब ४५ करोड बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, नेशनल लाइफले कुल १२ अर्ब ८९ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । याे अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले पनि १२ अर्ब ८३ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । समिक्षा अवधिमा हिमालयन लाइफले कुल १२ अर्ब ३३ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

सूर्यज्योति लाइफले ६ अर्ब ५२ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै, एशियन लाइफले ५ अर्ब ७८ करोड ९५ लाख, राष्ट्रिय जीवन बीमाले ५ अर्ब ४६ करोड ९७ लाख, सानिमा रिलायन्सले ४ अर्ब २७ करोड ६९ लाख, सिटिजन लाइफले ४ अर्ब २४ करोड ४९ लाख र मेट लाइफले ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

यस्तै, आइएमई लाइफले ३ अर्ब २९ करोड ११ लाख, प्रभु महालक्ष्मीले ३ अर्ब ६ करोड ३८ लाख, रिलायवल नेपालले २ अर्ब ९८ करोड २६ लाख र सन नेपाल लाइफले २ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार १२:०४