२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य


१४ वैशाख, काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी पृथी तिवारीको नाममा रहेको १ लाख कित्ता र सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता गरी कुल १ लाख १९ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरिएको छ । सो सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

साथै, सो समय अवधिभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार ०९:२६