एडिलेडको टेवल टेनिस प्रतियोगितामा चिदा र स्मिता विजयी
एडिलेड । एनआरएनए युथ फोरम साउथ अष्ट्रेलियाको आयोजनामा भएको पहिलो साउथ अष्ट्रेलिया व्यापी टेवल टेनिस प्रतियोगितामा पुरुष तर्फ चिदा चौहान र महिला तर्फ स्मिता राउत विजयी भएका छन् ।
यसै गरि पुरुष तर्फ क्रमश अनिस गुरुङ, परेश प्रसाई दोस्रा तथा तेस्रा भएका थिए । भने महिला तर्फ क्रमश प्रकृति श्रेष्ठ , रिज्नु अधिकारी दोस्रा तथा तेस्रा भएका थिए ।
विजयी खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्रको साथमा विजेतालाई नगद आठ सय अष्ट्रेलियन डलर र उप विजेता चार सय पचास डलर प्रदान गरिने एवं तेस्रो स्थान प्राप्त गर्ने लाई दुई सय डलर, ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।
विजयी खेलाडीहरुलाई एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरी, एनआरएनए अष्ट्रेलियाका सचिव थिर गुरुङ्ग, पुर्व एनआरएनए साउथ अष्ट्रेलिया संयोजक नविन पन्त, एनसिसि सदस्य विष्णु तिवारी, साउथ अष्ट्रेलिया सचिव गणेश पराजुली, मुख्य सौजन्यकर्ता डोको टुर्सका निर्देशक बिजय पौडेल क्षेत्री, नारी निकुञ्ज संयोजक रिज्नु अधिकारी, युवा सह संयोजक रिजन केशी, युवा सदस्य यल सुव्वा र अर्का सदस्य तथा कार्यक्रम संयोजक विशाल भट्ट लगायतले पुरस्कार तथा सहयोगीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रमको संचालन उपाध्यक्ष विनोद वानियाले गरेका थिए । अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक पुरीले साउथ अष्ट्रेलियामा रहेको नेपाली समुदाय भित्रका प्रतिभाहरुलाई प्रतियोगिता मार्फत उजागर गर्ने तथा स्वस्थ जिवनका लागि खेलकुद आवश्यक भएकाले प्रतियोगिता आयोजना गरिएको बताउदै कार्यक्रमका खेलाडी, सौजन्यकर्ता, स्वयंसेवक तथा सहयोगी लगायत सबैमा धन्यवाद व्यक्त गरेका थिए ।







प्रकाशित मिति : April 25, 2024 at 7:20 pm









