२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

अन्तिम कारोबारको दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता


१३ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा कायम हुन पुगेको छ ।

आज  नेपाल पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको यस दिन ११ करोड २६ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, मल्टिप्रपोज फाइनान्सको ९ करोड ४० लाख ६ हजार रुपैयाँ,पिपुल्स पावर लिमिटेडको ८ करोड ५९ लाख २४ हजार रुपैयाँ, गाेर्खाज फाइनान्सको ८ करोड ६ लाख ५६ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको ७ करोड ५९ लाख ३३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार १५:१२