इटहरीमा मनि ट्रान्सफर सञ्चालकमाथि कार्यालयमै छुरा प्रहार
१२ मंसिर, काठमाडौं । सुनसरीको इटहरीमा एक्टिभ मनी ट्रान्सफरका सञ्चालकमाथि छुरा प्रहार भएको छ । इटहरी उपमहानगरपालिका ९ हटियालाइनमा रहेको मनी ट्रान्सफरका सञ्चालक संखुवासभाका २८ वर्षका सविन दाहालमाथि उनको कार्यालयमा नै छुरा प्रहार भएको हो ।

छुरा प्रहारबाट घाइते भएका दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । छुरा प्रहार गर्नेहरुको पहिचान नभएको र यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । छुरा प्रहार गर्नेहरुले रकम लुटेको वा नलुटेको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार १६:४७












