२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३३.८९ प्रतिशतले बढ्यो, ईपीएसमा पनि सुधार


१३ वैशाख, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २९ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ३८.६८ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ६ अर्ब ३७ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४ अर्ब ५९ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको सेयर प्रिमियममा ३ करोड ७२ लाख, महाविपत्ती कोषमा ३४ करोड १७ लाख, रिटेन्ड अर्निङ्गमा १ अर्ब ६० करोड र अन्य इक्विटीमा १ अर्ब २ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी  २ रुपैयाँ २० पैसा बढेर ८ रुपैयाँ ६७ पैसा पुगेको छ। इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५६.८९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ३१ पैसा रहेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार ०९:२८