१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सूर्योदय वोमी लघुवित्तको सेयर बिक्रीमा, यस्ताे छ न्यूनतम मूल्य

१३ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले सूर्योदय वोमी लघुवित्तको ६८ हजार ८०५ कित्ता सेयर लिलामीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ ।  इच्छुक लगानीकर्ताले आगामी वैशाख २१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बोलपत्र आवेदन काठमाडौंको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयमा बुझाउन सकिनेछ।

प्रकाशित मिति : April 25, 2024 at 9:21 am