२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नेपाल रि इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक कारोबार


१२ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ ।  बुधबार नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ६३ करोड ३० लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, पोखरा फाइनान्सको १४ करोड ८० लाख १६ हजार रुपैयाँ गाेर्खाज फाइनान्सको ८ करोड ३२ लाख ७५ हजार रुपैयाँ, नेपाल फाइनान्सको ५ करोड ७४ लाख ९२ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ४ करोड ६० लाख २६ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार १५:१३