२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

हिमालयन लाइफद्वारा व्यतित बीमालेख नविकरणमा शतप्रतिशतसम्म छुट


९ वैशाख, काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले साविकको प्राइम,यूनियन र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा २५ देखि शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।

कम्पनीले वैशाख ९ गतेदेखि २४ गतेसम्म नविकरण गराउँदा बीमा शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुटको व्यवस्था गरेको छ । ३ वर्षसम्मको बीमालेख नविरण गर्दा शतप्रतिशत छुट,३ वर्षभन्दा माथि देखि ५ वर्षसम्म ५० प्रतिशत, ५ वर्षदेखि माथि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखि माथि जतिसुकै अवधिका लागी २५ प्रतिशत ब्याज छुट प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, यस किसिमको छुट बीमा अवधि भर एकपटक मात्रै पाइने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आईतवार ११:१२