२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

तस्बिरमा हेर्नुहोस् नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक


८ वैशाख, काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिबारबाट ललितपुरको गोदाबरीमा रहेको सनराइज सम्मेलन केन्द्रमा सुरू भएको छ । भोलिसम्म चल्ने बैठकमा वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना प्रस्तुत गरिने महसचिव शंकर पोखरेलले जानकारी दिएका छन । बैठकमा प्रस्तुत प्रतिवेदन र कार्ययोजनामाथि सहभागीले सुझाव दिनेछन् ।

परिषद् बैठकपछि वैशाख १० गते पार्टी स्थापनाको ७५औं वार्षिकोत्सवका अवसरमा नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान गरेका व्यक्तिलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गर्ने कार्यक्रम एमालेले बनाएको छ । बैठकको तस्बिर तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार १७:३४