युवाले एडिलेडमा टेबल टेनिस प्रतियोगिता गर्दै
एडिलेड । एनआरएनए युथ फोरम साउथ अष्ट्रेलियाको आयोजनामा अप्रिल २५ बिहिबार साउथ अष्ट्रेलिया व्यापी टेवल टेनिस प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा अप्रिल २३ सम्म सहभागीताका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ । प्रतियोगितामा महिला तथा पुरुष दुई समुहमा खेलाईने भएको छ । विजयी खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्रको साथमा विजेतालाई नगद आठ सय अष्ट्रेलियन डलर र उप विजेता चार सय पचास डलर प्रदान गरिने एवं तेस्रो स्थान प्राप्त गर्ने लाई दुई सय डलर, ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने एनआरएनए युथ फोरम साउथ अष्ट्रेलियाका सदस्य तथा कार्यक्रम संयोजक विशाल भट्टले बताए ।

साउथ अष्ट्रेलियामा रहेका टेलव टेनिस खेलका प्रतिभाहरुलाई उजागर गर्ने तथा स्वस्थ जिवनका लागि खेलकुद आवश्यक भएकाले प्रतियोगिता आयोजना गरिएको संयोजक भट्टले बताए ।
प्रतियोगिता स्थानिय फ्रेस चुलो रेष्टुरेन्टको सभाहलमा आयोजना हुने भएको छ । सहभागीले १५ डलर शुल्क सहित नाम दर्ता गर्नु पर्ने भट्टले बताए ।
इच्छुकले तलको लिङ्कमा गएर दर्ता गर्न सकिने छ ।
Register link: https://tinyurl.com/TebleTennis
प्रकाशित मिति : 19:14













