२७ भदौ २०८३, शनिबार | Sat Sep 12 2026

महालक्ष्मी विकास बैंकको सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता, यस्ता छन् सुविधा

२ वैशाख, काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने सेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने भएको छ।

सोही उद्देश्यका साथ बैंकले महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको हो । सो खाता अन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि– आश्वा तथा टिएमएस खाताको सुविधा एकै खाता मार्फत लिन सक्नेछन् ।

शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टिएमएस खाता निशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि– आश्वा दर्ता गर्न पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकका हअनुसार टिएमएस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक स्वयंमले नै गर्नेछ । यसबाट सेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीहरुसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : April 14, 2024 at 2:19 pm