५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे विजयी

२८ चैत, काठमाडाैं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्। घिमिरे कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन्। घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीले १६ मत मात्रै ल्याइन्।घिमिरेलाई माओवादी, नेकपा नेकपा एस र जसपाको समर्थन रहेकाे थियाे।

नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले १५ चैतमा राजीनामा दिएपछि सो पद रिक्त थियो । सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएअनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष बनेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक शुक्रवार बस्नेछ ।

 

 

प्रकाशित मिति : April 10, 2024 at 2:58 pm