नेता पटेलकाे परिवारलार्इ राजपा नेपालकाे तर्फबाट १ लाख नगद राहत,राेजगारी दिने अास्वासन
१० मंसिर,बारा । बाराका युवा नेता पन्नालाल पटेलकाे उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएकाे छ । कलैया उप-महानगरपालिका -२ अवधापुर घर भएका पटेलकाे मधेसीहरूकालागि संघर्ष गर्दा गर्दै ३२ वर्षकाे उमेरमा मृत्यु भएकाे हाे । राजपा मधेसका युवा नेता पटेल काे कलेजाे सम्बन्धि राेगका कारणा मृत्यु भएकाे हाे । उनकाे राजनीतिक याेगदान राजपा नेपाल र मधेस वासीहरूले भुल्न नसमक्ने सिंङ किङ ले जनाएका छन् । मृतक पटेलकाे अार्थीक अवस्था कमजाेर भएकाे कारण पटेलकाे परिवारलार्इ पार्टीकाे तर्फबाट एक लाख सहयाेग गरीएकाे किङले बताएका छन् । सहयाेग राहत रकम हस्तान्तरण गर्न राजपा पर्टी मधेसका सबै नेता उपस्थित थिए ।

नेता पटेलकाे आर्थिक अवस्था निकै कमजाेर रहेको हुँदा मृतक नेता पटेलकी श्रीमतिलाई रोजगार दिलाउने र दैनिक रुपमा कुनै किसिम को समस्या परेमा राजपा नेपाल बाराले हेर्ने प्रतिबद्धता संयाेजक महेन्द्र मंडलले व्याक्त गरेकाे किङले बताएका छन् । पार्टी प्रबक्ता अरुन सिंहले नेता पटेलको मधेस आन्दोलन मा देखीएको विरताको प्रशंसा गर्दै पटेल जस्तो युवाले गर्दा हामीसबै नागरिक हरु सम्मान पुर्वक जीवन बिताउन सफल भयेका छौ भन्दै प्रशंसा गरेका छन् । पटेल जस्ताे याेगदानी नेताले गर्दा २ नं.प्रदेश मा आफ्नो सरकार बनाउन सफल भएको प्रबक्ता सिंहले स्पष्ट पारेका छन् ।
प्रकाशित मिति : 22:52









