अन्तिम कारोबारको दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता
२२ चैत, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । बिहीबार नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ बिन्दुमा बन्द भएको हो ।
बिहीबार गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड ३२ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १८ करोड ३८ लाख ६७ हजार रुपैयाँ, सर्वोत्तम सिमेन्टको १८ करोड २४ लाख ७१ हजार रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ६ करोड २३ लाख ४ हजार रुपैयाँ र सोनापुर मिनरल्सको ६ करोड २ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १५:११