१० माघ २०८१, बिहीबार | Thu Jan 23 2025

सुर्यज्योति लाइफ इन्स्योरेन्स र सर्वोत्तम सिमेन्टमा झुम्मिए लगानीकर्ता

२१ चैत, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ को विन्दुमा कायम हुन पुगेको छ ।

बुधबार सुर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २५ करोड ८० लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सर्वोत्तम सिमेन्टको १२ करोड ६७ लाख ८५ हजार, गाेर्खाज फाइनान्सको ११ करोड ७७ लाख ५४ हजार रुपैयाँ, शिवम् सिमेन्टको ९ करोड ३ लाख ८५ हजार रुपैयाँ र सोनापुर मिनरल्सको ५ करोड ९२ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १५:१४