५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

विराट गोल्डकपः विभागीय टोली एपिएफ सेमिफाइनलमा


२० चैत, मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालामा  आयोजित  ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठौँ संस्करणको आज राति भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च व्वाइज युनाइटेडलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपिएफले चर्च व्याइज युनाइटेडलाई २–०  ले पराजित गरेको छ । एपिएफका लागि जर्सी नं ७ का  प्रदिप लामा र जर्सी नं ११ का अनिष महर्जनले एक, एक गोल गरेका थिए ।

मध्यान्तरपछि ५७ मिनेटमा लामा र ८७ मिनेटमा महर्जनले गोल गरी आफ्नो टिमलाई विजयी बनाउन सफल भएका छन् । एपिएफका प्रदीप लामा खेलको प्लेयर अफ द म्याच घोषित भई नगद रु ११ हजार प्राप्त गरेका छन् ।

मङ्गलबार मछिन्द्र फुटबल क्लब काठमाडाँै र भारतको कोलकातास्थित साउर्थन समिति फुटबल क्लबबीच अन्तिम क्वाटर फाइनल खेल हुनेछ । गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार ०७:२८