४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

१३ चैत, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० बिन्दुमा बन्द भएकाे छ ।

मंगलबार शिवम् सिमेन्टको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ३१ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको ८ करोड ५७ लाख ५२ हजार, जोशी हाइड्रोपावरको ८ करोड २९ लाख ४० हजारकाे काराेबार भएकाे छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १५:१४