४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१२ चैत, काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली चैत १३ गते बुकक्लोज गर्दैछ। यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागि हुन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले चैत २७ गते, मंगलबार, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : March 25, 2024 at 11:43 am