१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

लाभांश वितरण गर्ने प्रस्तावसहित मैलुङ्ग खोलाले बोलायो साधारण सभा

८ चैत, काठमाडौँ । मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने बोनस प्रस्तावसहित चैत २९ गते दशौँ वार्षिक साधारण सभा बोलाएकोहाे । सभा लैनचौर ब्याक्वेट, लैनचौर, काठमाडौँमा बिहान ११ बजेबाट शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २.२२११ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यकाे अर्थ चैत १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागिता हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : March 21, 2024 at 10:43 am