१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

नेपाल निर्जीवन बीमा व्यवसायी संघको कार्यसमिति गठन, अध्यक्षमा मल्ल

८ चैत, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको आठौं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति गठन गरेको छ । चैत सात गते सम्पन्न संघको आठौँ बार्षिक साधारणसभाले  आगामी दुई बर्षको लागि  नयाँ कार्यसमिति गठन गरेकाे हाे ।

जसअनुसार अध्यक्षमा प्रभु इन्स्योरेन्सबाट प्रतिनिधित्व गर्दै राजेन्द्र मल्ल निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सबाट मनोहर दास मुल, महासचिवमा हिमायलन एभरेस्ट इन्स्योरेन्सबाट महेन्द्र कृष्ण श्रेष्ठ र कोषाध्यक्षमा नेको इन्स्योरेन्सबाट रमेश कुमार निरौला छन् । साथै, सदस्यहरुमा युनाईटेड अजोड इन्स्योरेन्सबाट आजाद श्रेष्ठ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट पवन अग्रवाल र सानिमा जनरल इन्स्योरेन्सबाट कुनाल कयाल निर्वाचित भएका छन्।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १०:२३