१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

विद्यार्थीलार्इ नगद एक हजार रूपैयाँ र स्टेशनरी

८ मंसिर, चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ३ स्थित जनहित रा.प्रा.वि. सिमलवस्तीमा अध्ययनरत ४० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ भने विद्यालयका सबै विद्यार्थीहरुलाई स्टेशनरी सहयोग गरिएको छ । नेपाल मानव धर्म सेवा समिति, हंस किर्ती आश्रम भरतपुर २ चितवनको सहयोगमा सो विद्यालयमा छात्रवृत्ति तथा स्टेशनरी उपलब्ध गराइएको हो ।

विद्यालयका ४० जना विद्यार्थीहरुलाई रु. १ हजारका दरले ४० हजार नगद र विद्यालयका ३ सय ५९ जना विद्यार्थीहरुलाई स्टेशनरी सहयोग गराइएको समितिका नारायणी अञ्चल उपाध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि कालिका वडा नं. ३ का वडा अध्यक्ष टिकाराज रिजाल र संस्थाकी संघ संरक्षक महात्मा वीणा वाइजीले विद्यार्थीहरुलाई संयुक्त रुपमा नगद तथा स्टेशनरी प्रदान गरेका थिए । समितिकी संरक्षक महात्मा वीणा वाइजीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि टिकाराज रिजाल, कालिका नगरपालिका शिक्षा शाखाका स्रोतव्यक्ति राजेन्द्र बाबु ढकाल, वडा सदस्य दिनानाथ अर्याल, विद्यालयका प्राचार्य भरतराज रेग्मी, संस्थाका जिल्ला सचिव भिमलाल पाण्डे, विद्यालयका सल्लाहकार पूर्ण बुढा मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सञ्जय प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विद्यालयकी छात्रा अनिता पाख्रिनले कार्यक्रममा गीत प्रस्तुत गरेकी थिइन् ।

प्रकाशित मिति : November 24, 2018 at 10:58 am