१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मंगलबार शिवम् सिमेन्टसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

६ चैत, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा बन्द भएकाे छ ।

मंगलबार शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २५ करोड ९७ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको १८ करोड ८९ लाख ८४ हजार, गाेर्खाज फाइनान्सको १५ करोड ८२ लाख २९ हजार रुपैयाँ, घोराही सिमेन्ट इन्डस्ट्रीको १० करोड १६ लाख ५९ हजार रुपैयाँ र नेपाल फाइनान्स लिमिटेडको ९ करोड ५५ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १५:१३