१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

प्रधानमन्त्रीसँग बदला लिने कांग्रेसको व्यवहारले संसद बैठक अझै सुरू हुन सकेन

६ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बदला लिने नेपाली कांग्रेसको व्यवहारका कारण प्रधानमन्त्रीले सोमबार बिहान संसदमा ११ बजे गर्ने भनिएको सम्बोधन अहिलेसम्म सुरू हुन सकेको छैन । बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक सुरू हुन सकेको छैन । प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाएकोमा रूष्ट बनेको नेपाली कांग्रेसले संसदमा सरकारका लागि सहज अवस्था सिर्जना नगर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

अहिले संसद भवनमै प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका नेताहरूको बीचमा द्धिपक्षीय छलफल चलिरहेको छ । यसअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका बारेमा संसदमा प्रधानमन्त्रीको जवाफ मागेको कांग्रेसले प्रधानमन्त्रीले गर्ने सम्बोधननै अबरूद्ध गर्ने तयारी गरेपछि विगतको समिक्षा र आगामी योजनाका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता र प्रधानमन्त्री छलफल गरिरहेका छन ।

आजै सरकारको साझा न्यूनतम कार्यक्रम घोषणाको तयारी भएकामा कांग्रेसका कारण त्यसमा पनि ढिलाइ हुने भएको छ । प्रधानमन्त्रीले आजको बैठकमा गृहमन्त्री रवि लामिछाने निर्दोष रहेको प्रमाण आफूले प्राप्त गरेको कुरा सुनाउने छन भने नियमित श्रृंखला अन्तर्गतको सांसदहरूको प्रश्नको जवाफ दिनेछन ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १२:२०