५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता

५ चैत, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । साेमबार नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ बिन्दुमा बन्द भएकाे छ ।

साेमबार गाेर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड १४ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । शिवम् सिमेन्टको २० करोड ३० लाख २० हजार रुपैयाँ, सोनापुर मिनरल्सको १३ करोड ४६ लाख ६२ हजार रुपैयाँ, अपर तामाकोशी हाइड्रोपावरको ११ करोड ६४ लाख १५ हजार रुपैयाँ र घोराही सिमेन्ट इन्डस्ट्रीको ७ करोड ४३ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १५:१२