कपिलवस्तुका प्रदेशसभा सदस्यका उम्मेदवार दिपेन्द्र कुमार चौधरीको गोली हानी हत्या
–मोहन बेल्वासे
८ मंसिर, कपिलवस्तु । कपिलवस्तुमा प्रदेशसभा सदस्यका उम्मेदवार रहेका दिपेन्द्र कुमार चौधरीको गोली हानी हत्या भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका ४ मोतिभारीका दिपेन्द्र कुमार चौधरी (राजा बाबु)को गएराति हत्या भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुका डिएसपी रवि रावलका अनुसार गोली लागेर घाइते भएका उनको अस्पताल लैजँदैगर्दा बाटोमै मृत्यु भएको हो । उनलाई घर नजिकैको सडकमा अज्ञात समुहले गोली हानेर घाइते बनाएको थियो ।

चाैधरी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं. १ ‘ख’बाट स्वतन्त्र उम्मेदवार रहेका थिए । प्रहरीले घटनामा संलग्न रहेको अाशंकामा शंकास्पद २ जनालाई पक्राउ गरेको छ ।
प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार ०८:५०












