१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

माओवादी केन्द्र र समाजवादी पार्टीको एकता गर्ने सहमति, नयाँ नाम महाधिवेशनबाट टुंगिने

३ चैत, काठमाडौँ । पुष्पमकल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकताको सहमति भएको छ । शनिबार दुबै पार्टीको एकता कार्यदलकाको संयुक्त बैठकले एकताको सहमति गरी सहमतिमा हस्ताक्षर गरेको छ ।

प्रचण्डको उपस्थितिमा भएको बैठकले गरेको सहमतिमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङ र नेपाल समाजवादीका महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर  गरेका छन । उनीहरूले पार्टी एकता गर्न चार बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन । उनीहरूले एकीकृत पार्टीको नाम महाधिवेशनबाट टुंग्याउने उल्लेख गरिएको छ ।

स्रोतका अनुसार यो सहमतिमामा बाबुरामले असहमति जनाएका छन ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार १०:०३