१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

मकलमा आगो बालेर सुत्दा धादिङका एकको मृत्यु, परिवार सबै बेहोस 

७ मंसिर, काठमाडौं । काठमाडौंको मित्रनगर–२६ मा मकलमा आगो बालेर सुत्दा गएराति धादिङका एककाे मृत्यु भएसंगै परिवारै बेहोस भएका छन्। धादिङ घर भइ मित्रनगर बस्दै आएकी २६ वर्षीय संगिता राना मगरकाे उपचारका क्रममा मृत्यु  भएकाे हाे । मगरकाे श्रीमान् २३ वर्षीया राम दर्लामी र ४ महिने बच्चा बेहोस छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीका अनुसार बिहान ३ बजे बेहोसी अवस्थामा होस खुलेपछि श्रीमान्ले नजिकै बस्ने दाजुलाई खबर गरेका थिए । र, उनले अर्धचेत अवस्थामा ३ जनालाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याएका थिए ।

प्रकाशित मिति : November 23, 2018 at 7:42 pm