२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

राष्ट्रपति पौडेलले गरे तीन प्रदेशका प्रमुखलाई पदमुक्त

३० फागुन, काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १६:३९