१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

राष्ट्रियसभाका अध्यक्षका उम्मेदवार दाहालको प्रस्ताव प्रस्तुत

२९ फागुन, काठमाडौँ । राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको छ ।

सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद दाहालका प्रस्तावक नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव प्रस्तुत गरेका हुन् । सांसद अछामीले सामाजिक न्याय र समृद्ध मुलुकको अपेक्षा पूरा गर्न वामपन्थी र नयाँ शक्तिहरूबीचको गठबन्धन बनेकाले यस गठबन्धनको समर्थनमा दाहाललाई विजयी गराउन आग्रह गरे । सांसद दाहालको उम्मेदवारीको प्रस्तावको समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका छन् ।

विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माका प्रस्तावक नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले शर्मालाई उनलाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिसेका छन् । अध्यक्षका प्रत्याशी शर्माको समर्थकमा सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १२:३१