१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

कुन पार्टीबाट को-को भए मन्त्री ?

२३ फागुन, काठमाडौँ । सत्ता गठबन्धन दलहरूले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएका छन्। नेकपा एमालेले ८ मन्त्रालय पाएको छ। नेकपा माओवादी केन्द्रले ५ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएका छन्। त्यस्तै, नेकपा (एकीकृत समाजवादी) पनि दुई मन्त्रालयसहित सरकारमा सहभागि हुने भएको छ । तर उसले मन्त्रीको नाम भने पठाएको छैन । साथै, जसपा पनि गठबन्धनमा रहेको यसले पनि मन्त्रीहरूको नाम दिइसकेको छैन।

नेकपा एमालेबाट सचिव रघुवीर महासेठले सरकारमा पार्टीको नेतृत्व गर्नेछन् । महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् ।  त्यस्तै, पदम गिरी, राजेन्द्रकुमार राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह, भगवती चौधरी, हरि उप्रेती  र बलराम अधिकारी मन्त्री हुने भएका छन् ।

त्यस्तैगरी, नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री, वर्षमान पुन अर्थमन्त्री हुने भएका छन् । शक्तिबहादुर बस्नेत र रेखा शर्माले पुरानै मन्त्रालय पाउने भएका छन् । त्यस्तै, हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री, सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री र डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १६:१२