खानीखोला हाइड्रोपावरले हकप्रद जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति
२३ फागुन, काठमाडौँ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले १स्१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले हकप्रद सेयर जारी गरेर प्राप्त रकम बैंकको ऋण तिर्नका लागि प्रयोग गर्ने जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ । १०० प्रतिशत हकप्रदपछि जारी गरेपछि कम्पनीको चुक्ता पुँजी ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार ११:१६












