नेप्सेमा तेस्रो सर्किट, सोमबारको लागि सेयर कारोबार बन्द
२१ फागुन, काठमाडौँ । सेयर बजारमा तेस्रो सर्किट ब्रेक लागेको छ। दोस्रो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमानै नेप्से सूचक ६ प्रतिशत बढेपछि नेप्सेमा पुनः तेस्रो सर्किट लागेको हो।
आज कारोबार खुलेको पहिलो ३ मिनेटमानै नेप्से सूचक ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। त्यसपछि बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो तर बजार खुलेकाे १ मिनेटभन्दा कम अवधिमा नै नेप्से फेरी ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागेको थियो। अब मंगलबार मात्रै काराेबार खुल्नेछ । आज नेप्से सूचक ११७.७० अंकले बढेर २०७८ विन्दुमा पुगेर बन्द भएको छ ।
यस दिन ३७ करोड ५२ लाख रुपैयाँको कारोबार भएकाे छ । आज रिडी पावर, शिवश्री हाइड्रोपावर, राप्ती हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।
प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १२:१६












